जोनी डेपको मानहानी मुद्दाको फैसलाविरुद्ध एम्बर हर्ड पुनरावेदनमा जाने

काठमाडौं । हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्दामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् ।
वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधार रहेको दाबी गरेकी छन् । ‘यो अदालतमा कैयौं कुराको अनुमति दिइएको थियो, जुन विषयलाई यसअघि कहीँ पनि अनुमति दिइएको थिएन । जसकारण जुरी भ्रमित हुन पुगे । मलाई उनलाई यूकेको फैसलाको बारेमा कुरा गर्न अनुमति थिएन’, एलेनले भनेकी छन् ।
सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।
यो मुद्दाका विषयमा करिब ६ हप्तासम्म सुनुवाइ चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौनहिंसा गर्ने लगायतका आरोपसहित उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।
अदालतले बिहीबार जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको थियो ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया