फेसबुककी सीओओ शेरिल स्याण्डबर्गले दिइन् राजीनामा

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत ९सिओओ० ले पदबाट राजीनामा दिएकी छिन् । फेसबुकका सिओओ शेरिल स्याण्डबर्गले १४ वर्ष यता सम्हाल्दै आएको उक्त पदबाट राजीनामा दिएकी छिन् ।
फेसबुक पोस्ट मार्फत नै उनले राजीनामाको पुष्टि गरेकी हुन् । उनले अब जीवनको नयाँ अध्यायको समय आएको बताएकी छिन् ।
शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । आफ्नो लामो कार्यकालमा उनले फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालिन् र कम्पनीलाई नयाँ उचाइँमा पुर्याइन् ।
फेसबुकलाई १०० अर्ब डलरको कम्पनीसम्म पूराउनका लागि उनको अहम भूमिका थियो। सोही कारण उनी फेसबुक सीईओ मार्क जुकरबर्गपछि कम्पनीमा दोश्रो वरिष्ठ अधिकारीको रुपमा कार्यरत थिइन् ।
मेटाको सिओओ पदबाट राजीनामा दिएपनि कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको सदस्यको रुपमा भने काम गरिरहने ५२ वर्षकी स्याण्डबर्गले बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘भविष्यमा के हुन्छ भन्ने कुरा यकिनसाथ त म भन्न सकिदन तर मैले मेरो प्रतिष्ठान तथा परोपकारी कार्यमा ध्यान केन्द्रित गर्ने कार्य यसमा सामेल हुनेछ जुन मेरोलागि पहिलेदेखि नै निकै महत्वपूर्ण छ किनकी यस्तो कार्य महिलाका लागि निकै महत्वपूर्ण छ ।’
फेसबुक कम्पनीमा जोडिनु अगाडि स्याण्डबर्ग गुगलमा काम गर्दथिन् । फेसबुकमा आएसँगै युवा सीईओ मार्क जुकरबर्गसँग मिलेर फेसबुकलाई लाभहीन सोसल नेटवर्किङ साइटबाट माथि उठाएर नाफामूलक कम्पनीको रुपमा अगाडि बढाउनु उनको लक्ष्य थियो ।
उनले उक्त लक्ष्य पूरा गर्दै फेसबुकलाई विज्ञापन दिग्गज बनाउन सहयोग गरिन् र गुगल पछि विज्ञापनबाट धेरै कमाउने कम्पनीको दोश्रो स्थानमा फेसबुक आउन सफल भयो । प्रयोगकर्ताको संख्याको आधारमा पनि फेसबुकले चमत्कार गर्यो । फेसबुकका प्रयोगकर्ताको संख्या अहिले करीब ३ अर्ब छ ।
स्याण्डबर्गको राजीनामा पश्चात् अब जेभिएर ओलिभनले मेटा कम्पनीको नयाँ सिओओको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।
















ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया