एनएमबी बैंकद्वारा ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबी बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध सबैलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित सबैलाई उत्प्रेरणाको साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल, नविन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति थियो । विगतका वर्षदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तिकरणका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ ।
एनएमबी बैंकले ‘दि फिनान्सियल टाइम्स’, ‘लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको थियो । बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा दिँदै आएको छ ।















कारागारबाट रिहा भए दिपक मनाङे
युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया