सर्लाहीमा सशस्त्रकै मिलेमतोमा तस्करी: डिआइजीको घुमुवा र एसपीको घुमुवाबीच आन्तरिक टकराव

काठमाडौं । मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीकै संलग्नतामा तस्करी हुने गरेको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै बद्नाम हुने गरी कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकारीहरु नै तस्करीमा संलग्न हुने गरेको स्रोतले जनाएको छ । तराईका केही जिल्लाहरु मध्ये सर्लाहीमा यतिबेला तस्करहरुले आफै शक्ति हातमा लिएर सामान तस्करी गरेका छन् ।
सर्लाहीको नेपालभारत सीमा वारपार क्षेत्रमा सशस्त्र प्रहरीकै सुरक्षाघेरामा व्यापक मात्रामा तस्करी फस्टाएको स्थानीय वासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको भन्दै केही दिन अघि सशस्त्र प्रहरी मूख्यालयमा समेत उजुरी परेको छ ।
सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलोमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको भन्दै उजुरी परेको थियो । सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलकै अर्को टोलीले एक रातमा लाखौँको सामान बरामद गरेको थियो । कुनै एक पक्षलाई कुरा मिलाउदा मधेश प्रदेशको डिआइजी गणेश ठाडामागरको घुमुवाले सशस्त्रकै निगरानीमा भएको तस्करीको सामान बरामद भएको स्रोतको दावी छ । ‘डिआइजीले पनि छुट्टै घुमुवा राखेका छन् डिआइजीको घुमुवालाई कुरा नमिलाउदा सशस्त्रको अर्को टोलीले छाडेको सामान घुमुवाले बरामद गरेको थियो’, स्रोतले भन्यो । स्रोतका अनुसार डिआइजीको घुमुवा र एसपी खनियाका घुमुवाबीच आन्तरिक रुपमै कसले बढी तस्करीको संरक्षण गर्ने भन्ने होडवाजी चलेको छ ।
सशस्त्र प्रहरी बल सर्लाहीको संलग्नतामा सर्लाहीमा व्यापक तस्करी भइरहेको सूचना पाएपछि मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरले घुमुवा पठाएका थिए । बाहिनी बाटै सशस्त्र प्रहरीको घुमुवा टोली पठाएर २० लाख मूल्य बराबरको कपडा बरामद गरेको थियो ।
एक दिन सामान बरामद गरेपछि अहिले सो घुमुवा टोली गुमनाम रहेको छ । बाहिनीबाट आएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको विभिन्न नाकाबाट एक रातमा लाखौँको कपडा बरामद गरेपछि सर्लाहीका सशस्त्र प्रहरी प्रमुख र मातहतका युनिटको संलग्नतामा कपडा र अन्य सामानको तस्करी भइरहेको प्रमाणित भएको थियो । सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपी भरत खनिया, छतौना बेसका इन्चार्ज सशस्त्रप्रहरी निरीक्षक सन्जीव तिवारी तथा बलरा उधोरण अर्नाहाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोलेको मिलेमतोमा सर्लाहीको विभिन्न नाकाबाट तस्करी हुने गरेको स्रोतको दाबी छ ।
सर्लाहीको बलरा, फेनहरा, अर्नाहा, मधुवनी, त्रिभुवननगर, बहादुरपुर लगातको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको स्रोतको दावी छ । भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ । बाहिनीबाट गएको डिआइजीको घुमुवाले गत हप्ताको शुक्रबार रातिदुई बजेको समयमा १३ पोका कपडा र थप १५ लाखमूल्य बराबरका अन्य सामग्री बरामद गरेको पछि अहिले सो घुमुवाको टोली पनि आर्थिक लाभमा परेको स्रोतको दावी छ ।
लामो समयसम्म एउटै युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र प्रहरी निरीक्षकहरुको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको छ । बलरा उधोरणका सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोले गत ३० महिना देखी एउटै बिओपीमा इन्चार्ज रहेका छन् । यसै गरी छतौना बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्जीव तिवारी पनि २२ महिना देखि एकै ठाउँमा कार्यरत छन् । सर्लाहीका स्थानीय तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतोसित सशस्त्र प्रहरी बलका इन्चार्जहरुको मिलोमतो रहेको छ ।
मासिक लाखौँ रुपैयाँ सशस्त्र प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन । सर्लाहीको बलरा नाकाबाट प्रभन्स साह, हिरालाल साह, रामेश्वर यादव, नागेन्द्र महतोले कपडाको कारोबार गर्ने गरेका छन् । यसै गरी बलाको उधोरण अर्नाहा नाकाबाट रोशनयादव र ममता बैठाको महिलाको समूहका साथै फेनहारा नाकाबाट सरोज यादव, लखिन्दर यादव, सुरेश यादवले पनि कपडाकै तस्करी गर्ने गरेका छन ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया