निर्वाचनको समीक्षा गर्न नेकपा एसको बैठक बस्दै
मेरोन्यूज
२०७९ जेठ २१ गते १४:५७

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् ।
उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।
पाँच दलीय गठबन्धनबीचको तालमेलमा कांग्रेस र नेकपा माओवादी केन्द्रबाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् ।
तर, कांग्रेस, माओवादी धोका दिएको भन्ने स्वीकार्न तयार छैनन् ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया