बिहीबार, वैशाख १०, २०८३

श्रीलंकाको बाँजो जमिनमा खेती गर्न निर्देशन

मेरोन्यूज २०७९ जेठ २१ गते २१:३६

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी अधिकारीलाई वृक्षरोपण कम्पनीको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमि पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । श्रीलंकाले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नु पर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ ।

‘वृक्षरोपण कम्पनीसँग नौ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ । श्रीलंकाले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ ।

प्रतिक्रिया