बस दुर्घटना अपडेट: मृत्यु हुने नौ जनामध्ये चार जनाको पहिचान खुल्यो
मेरोन्यूज
२०७९ जेठ २२ गते ९:०५

बुटवल । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन।मृत्यु हुनेमा बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब साढे ४ बजे लु २ ख ३८४१ नम्बरको जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको परासी- भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया