माओवादीले पार्टी सदस्यबाट एक महिनामा ८ करोड उठाउने
पार्टी कार्यालय ब्यवस्थित र विस्तार गर्न पार्टी सदस्यबाट जनही १०० रुपैयाँको दरले रकम उठाइने
मेरोन्यूज
२०७९ जेठ २२ गते १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी सदस्यबाट एक सय रुपैयाका दरले रकम उठाउने भएको छ । पार्टी कार्यालय ब्यवस्थित गर्न र विस्तार गर्न माओवादीले पार्टीका हरेक सदस्यसँग जनही एक सय रुपैयाका दरले रकम उठाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रसँग ८ लाख पार्टी सदस्य छन् । जनही एक सयका दरले रकम उठाँउदा पनि ८ करोड रुपैया उठ्छ ।
आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको नेता हरिवोल गजुरेलले जानकारी दिए ।
यो रकम एक महिनाभित्र उठाउने निर्णय माओवादीले गरेको हो ।
सम्बन्धित

















मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया