बुधबार, फागुन २७, २०८२

नेपाल बैंकद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेशको बजेट गोष्ठी सम्पन्न

मेरोन्यूज २०७९ जेठ २२ गते १७:४६

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९-८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम सम्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जेठ १९ देखि २१ गतेसम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकको सहभागिता रहेको थियो ।

उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम प्रदान गरिएको थियो । बैंक व्यवस्थापनले शाखासँग अन्तक्रिया गरी शाखा प्रबन्धकबाट प्राप्त सल्लाह एवं सुझावसमेत समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नु पर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिनेलगायत विषयमा बृहत रुपमा छलफल हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा सबल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि आएको बताए ।

नेपालभर २१७ शाखा, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया