कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ । कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो ।
नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो । कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २ -२ र श्रीलंकासँग १-१ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो ।
यसपछि नेपाली टिम शनिबार कुवेत आईपुगेको थियो । नेपालले भोलि सोमबारसमेत सोहि मैदानमा अभ्यास गर्नेछ । स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।
हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया