उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वइटरमा रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने बताएका हुन् ।
‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’उनलेलेख्छन्, ‘यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ।’ उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्।
‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि आगामी चुनाव जित्नु पर्छ।’
वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ।


















Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया