स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभरबीच सम्झौता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।
यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भने, ‘युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।’
विश्वव्यापी रुपमा कारोबार बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।
‘वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको छ’, युएनएलका प्रबन्ध निर्देशक श्री अम्लन मुखर्जीले भने,‘जिन्दगीलाई जीवन्तता प्रदान गर्ने हाम्रा ब्राण्डहरुको आपूर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको छ । वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत हो र हाम्रा ग्राहकहरुको महत्वपूर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा हामी अत्यन्त उत्साहित पनि छौं ।’














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया