आइतबार, वैशाख १३, २०८३

बन्दुकधारीले चर्चमा गोली चलाउँदा ५० जनाको मृत्यु

मेरोन्यूज २०७९ जेठ २३ गते १४:२९

काठमाडौँ । नाइजेरियाली सरकारले आइतबार देशको दक्षिण पश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ ।

Advertisement
NiccNicc

ओण्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेको अस्पतालमा निरीक्षण गरेका छन् ।

नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले भने, ‘यो धेरै दुःखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे, आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् ।’

पेन्टेकोष्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गरेका छन् । उनले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताएका छन् । राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताएका छन् । नाइजेरिया जिहादी र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया