आइतबार, वैशाख ६, २०८३

मूल्य घटेपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव

मेरोन्यूज २०७९ जेठ २३ गते २०:१३

काठमाडौँ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा १० मूल्य घटाउँदै प्रतिलिटर १७० मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय जसो बन्द अवस्थामा देखिन्छन् ।

बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनीहरूले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने बताउँदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउँछन् ।

बागलुङमा आइतबार दिउँसोदेखि बन्द भएका पेट्रोल पम्प सोमबार दिउँसोसम्म बन्दै अवस्थामा छन् । बागलुङमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरी साधनहरू छिमेकी जिल्ला पर्वत पुग्ने गरेको पाइएको छ । जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुनथाले आफूहरूले अनुगमन गर्ने बताए । ‘मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनुनपर्ने, उतैबाट नआएर हो कि, व्यवसायीको चलाखी हो,’ सहायक प्रजिअ पौडेलले भने, ‘हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ, डिजेल तथा पेट्रोल भएरसमेत अभाव सृजना गरेको भए कारबाही हुन्छ ।’

उनले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य वस्तुको समेत कालोबजारी भए तुरुन्तै कारबाही गर्ने बताए । आइतबारसमेत सार्वजनिक बिदा दिन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको बागलुङस्थित न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक ध्रुव गौतमले बताए ।

उनले आयल निगम लगातार शनिबार र आइतबार बन्द हुँदा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको भन्दै मागको आधा मात्रै पेट्रोलियम पदार्थ आउँदा वितरण प्रणालीमा समस्या भएको बताए ।

जिल्लामा पेट्रोलिमय पदार्थको सहज भएको समयमा खरिद गरेर राख्ने र अहिले अभाव हुँदा बढी मूल्य लिएर बिक्री गर्ने विचौलिया मौलाई रहेको भए पनि अनुगमन हुँन नसक्दा त्यस्ता विचौलियाले प्रश्रय पाइरहेका छन् ।

प्रतिक्रिया