बिहीबार, माघ ८, २०८२

नवलपरासी जिल्ला अदालतमा गोली चलाउँने यादवकाे खोजी कार्य जारी छ : खाण

मेरोन्यूज २०७९ जेठ २४ गते १२:४७

काठमाडौं । नवलपरासीको नवलपरासी जिल्ला अदालतमा सोमबार गोली चलाउँने हंशराज यादव खोजी कार्य जारी रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूको प्रश्नको जवाफ दिदै गृहमन्त्री खाणले नवलपरासीको रामग्राम नगरपालिका ३ बस्ने हंशराज यादवलाई नेपाल प्रहरीको खोजी रहेको बताएका हुन् ।

सोमबार दिउँसो ३.३०मा रामग्राम जिल्ला अदालतको प्राङगणमा यादवले गोली चलाएका थिए । यादव कार्की नाता पर्ने रोसनी यादवबीच जग्गाका विषयमा विवाद हुदाँ त्यो विवाद अदाल पुगेको थियो । मन्त्री खाणलेभने,‘ गोली चल्दा मानविय क्षति त भएको छैन् तर यो निकै संवेनदशिल र गम्भिर विषय हो ,गोली चलाउँने यादवलाई खोजी कार्य जारी छ , आसा गछौं छिटै भेटिन्छन्।’

प्रतिक्रिया