शुक्रबार, पुष २५, २०८२

एनएमबी बैंकद्वारा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

मेरोन्यूज २०७९ जेठ २४ गते २१:३५

कठमाडौँ । एनएमबी बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै ‘एनएमबी ग्रिन फिक्सड डिपोजिट’ अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वन, नागार्जूनमा विभिन्न प्रकारका विरुवा रोपेको हो ।

उक्त सामुदायिक वनमा एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकको नाममा विभिन्न प्रजातिका १२५ विरुवा रोपिएको हो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वती अर्याल, बैंकका कर्मचारीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

यस योजनामार्फत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमूलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया