आइतबार, पुष २७, २०८२

पेप्सीकोद्वारा नेपालमा इनर्जी ‘ड्रिङ्क स्टिङ्ग’ सार्वजनिक

मेरोन्यूज २०७९ जेठ २७ गते १९:३९

काठमाडौँ । पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री सुरु गरेसँगै नेपालमा आफ्ना वेभरेजको उपलब्धतालाई बढाएको छ । जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ ।

ब्राण्डद्वारा नेपालमा पहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको छ । यस अभियानअन्तर्गत एक नयाँ जीवन्त टिभिसी विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई रचनात्मक तरिकाले बनाएको छ ।

बिक्री सुरु गरेको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएको बताए ।

नयाँ स्टिङ्ग टिभिसी टिभी, डिजिटल, आउटडोर र सामाजिक सञ्जालमा व्यापक रुपमा प्रदर्शन गरिने छ । अभियानलाई वर्षभरी विभिन्न ग्राहक सम्पर्क केन्द्रमार्फत् देशव्यापी रुपमा व्यापक बनाइने छ ।

प्रतिक्रिया