भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद

भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागूऔषध बरामद गरेको जनाएको छ । यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४।४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ ।
राष्ट्रिय लागुऔषध नियन्त्रण निकायका प्रमुख ड्यानी फेररले संयुक्त राष्ट्रसङ्घको लागुऔषध सम्बन्धी आयोगको ६९औँ बैठकमा उक्त जानकारी दिएको हो ।
भेनेजुएलाको आन्तरिक मामिला, न्याय तथा शान्ति मन्त्रालयका अनुसार सरकारले लागूऔषध तस्करी नियन्त्रणका लागि लागू गरेको नीति तथा कम्तीमा ११ देशसँगको सहकार्यका कारण यस्तो उपलब्धि हासिल भएको हो ।
फेररका अनुसार सरकारले लागूऔषध तस्करीमा संलग्न अपराधी समूहहरूलाई नियन्त्रण गर्न निगरानी र रोकथाम क्षमतामा उल्लेखनीय सुधार गरेको छ ।
यसका साथै, देशभित्र लागूऔषध प्रयोग घटाउन सञ्चालन गरिएका रोकथाम तथा जनचेतना कार्यक्रमहरूबाट २५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया