प्रदेश मतहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?

सुर्खेत । प्रदेश सरकार मतहतमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू लथालिङ्ग भएको स्थानीय सरकारका प्रतिनिधिहरूको आरोप छ । संघीय सरकारको व्यवस्थापन तथा अधिकार क्षेत्रभित्र रहेका जिल्ला अस्पतालहरू प्रदेश सरकारले आफ्नो माताहातमा ल्याउने बित्तिकै लथालिङ्ग भएको, दरबन्दी कटौती भएको लगायतका समस्या भएको स्थानीय सरकार प्रमुखहरूले गुनासो गरेका हुन् ।
नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर रावतले जाजरकोटको ५० शैय्याको अस्पतालको दरबन्दी काटेर डोल्पा , हुम्ला र मुगुका १५ शैय्याका अस्पतााल बराबरको दरबन्दी पठाएको बताए । उनले भने, ‘सुर्खेतको मेहलकुनास्थित ५० शैय्या को अस्पताल बराबरकै दरबन्दी जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा थियो, अहिले दरबन्दी काटेर १५ शैय्या बराबरको बनाइएको छ । यसरी कसरी चल्छ ? उनले प्रश्न गरे ।
यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पटकपटक समस्याका विषयमा कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै अब आफू नबोल्ने बताए । नवनिर्बाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनका लागि आयोजना गरिएको अभिमुखीकारणमा स्थानीय सरकारका प्रमुखले मुख्यमन्त्री जीवनबहदुर शाही र अन्यमन्त्रीहरुलाई यस्तै प्रश्न गरेर हैरान बनाए ।
स्थानीय सरकारका प्रमुखबाट आलोचना खेपेका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रम्मा प्रदेशसभा सदस्य समक्ष जवाफ फर्काएका थिए । ‘सबै काम प्रदेशले गरौँ भनेर तपाईहरू भन्नुहुन्छ, उता स्थानीय सरकारका प्रमुखले के भन्नु भयो सुन्नु भयो नी रु,’ उनले प्रश्न गरे, ‘घाँटी हेरेर हाड निल्ने काममा लाग्ने की भन्ने हो । तपाईहरू सबै काम प्रदेशले गर्नुपर्छ भन्नुहुन्छ तर गरेका काम लथालिङ्ग भइसक्यो भन्ने रिर्पोट आएको छ ।’















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया