स्वतन्त्र मेयर गोपी हमालले गठबन्धनलाई साथ दिँदा जिसस प्रमुखमा कांग्रेस विजयी

कैलाली । जिल्लाको धनगढी उपमहागरमा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालले सत्ता गठबन्धनलाई साथ दिएका छन् । उनको मतले जिल्ला समन्वय समिति (जिसस) कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
जिससको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाललाई मेयर हमालले मत दिएसँगै विजयी भएका हुन् ।
कूल १३ वटा स्थानीय तह रहेको कैलालीमा जिससका लागि नेकपा एमाले र नागरिक उन्मुक्तिले गठबन्धनको १२ मत थियो । यस्तै, सत्तारुढ गठबन्धनका तर्फबाट १३ मत थियो । जसमा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय पदबाट स्वतः निलम्बित भएपछि १२ मत मात्रै रहेको थियो ।
यसैबीच, स्वतन्त्र उम्मेदवारबाट विजयी भएका हमालले निर्णयक बनेका थिए । अन्तमा उनले सत्तारुढ गठबन्धनलाई मत दिएसँगै कलेल र भुसाल विजयी भएका हुन् ।
यस्तै, सदस्यहरुमा माओवादीबाट दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द विजयी भए ।
खुल्लातर्फ एमालेका मानबहादुर साउद र तेजबहादुरको समान १२ मत आएको थियो । गोलाप्रथा गर्दा तेजबहादुर विजयी भएका हुन् ।
















Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया