बेलायतको क्याट्रीक ग्यारिजनमा नेपाली कलाकारको सांस्कृतिक प्रस्तुती

बेलायत । नेपाली गायक – गायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुती गरेका छन ।
सुनगाभा इन्टरटेन्डमेन्टको प्रस्तुतीमा ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीको सहभागीतामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु, गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुती दिएका हुन् ।
ब्रिटीस् गार्खा एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई सांस्कृतिक धमाकाले स्वागत गरे । ‘नेपाली गीत-संगितको प्रर्वदन सहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’
लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्बु, बिबेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए ।
नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायक गायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा हल पुरै गुञ्जिएको थियो ।
‘बिदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन भनेर यस कार्यक्रममा देख्न पाए’ कार्यक्रममा सहभागी तारा राईले खुसी हुदैन सुनाईन ‘जहाँ पुगे पनि आफ्नो जन्मभूमि र त्यहाँका दाजुभाई प्रति प्रगाढ प्रेम छ ।’
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया