‘विश्वभर नेपाली युवा उद्यमीको नेटवर्किङ बनाउने उद्देश्य छ’

स्वदेशमै केही गरौँ भन्ने हुट्हुटी भएका युवा व्यवसायी हुन्, स्वतन्त्र प्रताप शाह । उनले पहिल्यैदेखि उद्यमी बन्नु पर्छ भन्ने संकल्प बोके । अध्ययनका लागि अष्टे«लिया पुगे शाहले त्यहाँ पढाइमा मात्र सिमित भएनन्, उद्यमी बन्ने बाटोमा लागे । गैर–आवासीय नेपाली संघको स्थापना कालदेखि नै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तह र तप्कामा रहेर काम गरे । उनी गैर–आवासीय नेपाली संघको अभियानमा क्रियाशिल छन् ।
फिने (अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ)का संस्थापक अध्यक्ष हुन्, उनी । यस संस्थाले नेपालबाहिर रहेका नेपाली युवा र स्वदेशमा बसेर काम गरिरहेका उद्यमी युवालाई जोड्न पुलको काम गरिरहेको छ । युवालाई एकत्रित गरेर स्वदेशमा लगानी र सीप भित्र्याउनु यस संस्थाको उद्देश्य हो । महासंघले आगामी अक्टोबरमा काठमाडौँमा युवा उद्यमी सम्मेलनको बृहत आयोजना गर्दै छ । यसै सेरोफेरोमा महासंघका संस्थापक अध्यक्ष शाहसँग नरेन्द्र रौलेले मेरो न्युजका लागि गरेको कुराकानी :
महासंघले अक्टोबरमा युवा उद्यमी सम्मेलन गर्दै छ, यो कस्तो खालको सम्मेलन हो ?
हामीले आयोजना गर्न लागेको ‘युवा उद्यमी सम्मेलन’ नेपालमै फरक खालको सम्मेलन हुनेछ । उद्यम, व्यापार गर्नेबीच राम्रो नेटवर्क बनाउन यो एकदमै राम्रो थलो बन्ने मैले विश्वास लिएको छु । यस सम्मेलनमा १५ देखि २० मुलुकमा रहेका नेपाली युवा उद्यमीको सहभागिता रहनेछ । कुनै न कुनै व्यवसायमा संलग्न युवा सहभागिता रहने छ ।
यस सम्मेलनको उद्देश्य के हो ?
विश्वभरि छरिएर रहेका युवा उद्यमी, व्यापारी साथीलाई जोड्ने, नेटवर्किङ बनाउने हाम्रो उद्देश्य हो । नेपाली समाजको विश्वव्यापीकरण भइरहेको छ । नेपाली हस्तकला र घरेलु उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय बजारमा लैजाने हामीलाई त्यतातिर चासो छ ।
नेपाली सामान बाहिर निर्यात गर्न, नेपाली युवाले कस्तो भूमिका खेल्न सक्छन् । त्यसबारे छलफल, बहस हुने छ । दुई दिनसम्म चल्ने यस सम्मेलनले युवालाई उद्यम कसरी गर्ने भन्ने राम्रो अवसर प्रदान गर्ने छ ।
यस सम्मेलनबाट युवाले कसरी फाइदा लिन सक्छन् ?
आइडिया हुने, पैसा नहुने र पैसा हुने र आइडिया नहुनेले यस सम्मेलनबाट फाइदा लिन सक्ने छन् । सबैका लागि यो सम्मेलन फाइदाजनक हुनेछ । उद्यमीले व्यापार गर्दाका आइडिया र त्यसको पछाडिका चुनौतीबारे आ-आफ्ना अनुभव, आइडियाहरु सेयर गर्र्नेछन् ।

यस्तै सम्मेलन स्थलमा नेपाली घरेलु तथा हस्तकलाका उत्पादनको स्टल रहने छन् । नेपाली उत्पादन बाहिर पठाउने च्यानल बनोस् भन्ने हाम्रो चाहना हो । त्यसले अवसरका ढोका खोल्ने छ ।
सम्मेलनमा आइडिया हुने, पैसा नहुने र पैसा हुने र आइडिया नहुनेले सम्मेलनबाट फाइदा लिन सक्नेछन् भन्नु भयो । कसरी फाइदा लिन सक्नेछन् ?
सम्मेलनमा आफूसँग आइडिया छ भने सेयर गर्न सकिने छ । यदि, कोही उद्यमी, व्यापारीलाई त्यो आइडिया मन पर्यो भने लगानी गर्न सक्नेछन् । त्यस्तै पैसा हुने तर आइडिया नहुनेलाई कुनै नयाँ व्यापार, व्यवसाय उद्यम गर्न मन छ भने त्यस सम्मेलनमा अबाट आइडिया लिन सक्नेछन् । आफ्नो रुची र इच्छा भएका विषयमा उद्यम गर्नका लागि अरुबाट सरसल्लाह, सहयोग लिन, दिन सक्नेछन् । अरुको अनुभव र गाइडलाइन पाएपछि त्यसले सजिलो हुनेछ ।
सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजना छ कि ?
हामी सरकारसँग कुराकानी गर्ने तयारीमा छौँ । हामी यसमा आशावादी छौँ । पछिल्लोपटक हामीले सुदूरपश्चिम प्रदेशमा कुराकानी पनि गर्यौं । कहाँ, कसरी सम्मेलन गर्ने भन्नेबारे आउने दिनमा छलफल हुनेछ । यो सम्मेलनको आयोजनापछि हरेक वर्ष यस्तो खालको सम्मेलन आयोजना गर्ने छौँ ।
यस्तो खालको सम्मेलन आयोजना गर्ने र उद्यमीको भेला गर्ने सोच कसरी आयो ?
म एनआरएनएमा लागिरहँदा यस्तो खालको सोच उब्जिएको हो । अहिले ११ वटा देशमा बेग्ला बेग्लै कार्य समिति छ । चाडै धेरैभन्दा धेरै देशमा हामी फैलिदै छौँ । नेपालमा आयोजना हुने सम्मेलनमा सबै देशका उद्यमी, व्यापारी भेला हुन्छन् । बाहिर हरेक देशमा युवा भेला हुन्छन ।
फिने कस्तो खालको संस्था हो ? यसले कस्तो खालको काम गर्छ ?
फिने (अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ) भनेको विशुद्ध व्यवसायमा लागेका साथीको संगठन हो । विदेशमा गएर बसिरहेका चाहे सानो होस्, या ठूलो आफ्नो उद्यम गरिरहेका साथीको संगठन हो । प्रायः नेपालबाट बाहिर जाने भनेको अध्ययन गर्नका लागि हो ।
त्यसपछि कतिले आफ्नै उद्यम थाल्नु हुन्छ । हामीले एक आपसमा सूचना आदान प्रदान गर्न, आइडिया सेयर गर्न र नेपाली जोडिनका लागि बनाइएको संगठन हो । अहिलेसम्म ११ वटा देशमा हाम्रो संगठन छ । भविष्यमा ४०-५० देशमा विस्तार गर्ने योजना छ । व्यापार, व्यवसायमा अघि बढिसकेका हाम्रो संस्थाका अग्रज व्यक्तिले उद्यममा संलग्न हुन चाहने नयाँ साथीलाई आवश्यक सेवा, परामर्श, सरसल्लाह प्रदान गर्ने छन् ।
विदेशमा गएका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने, नेपाली उत्पादनलाई विश्व बजारमा विस्तार गर्नेलगायत यस संस्थाका उद्देश्य रहेका छन् । नेपाली कफी, हस्तकलाका राम्रो–राम्रा सामान उत्पादन हुँदै आएका छन् । तिनलाई निर्यात गर्न पाए नेपालको अर्थतन्त्रमा केही टेवा पुर्याउन सकिन्थ्यो । त्यसका लागि हामीले संस्थागत रुपमा पहल गर्न खोजेको हो ।
संस्थाको भावी योजना के छ ?
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघलाई विश्वभरि छरिएर रहेका युवा उद्यमी साथीको सञ्जाल बनाउने उद्देश्यले हामी आएका छौँ । देशमा केही गरौँ भन्ने हाम्रो सोच र योजना छ । नेपालको सिस्टम सोचे जति सजिलो छैन । चाहेर पनि हामीले धेरै गर्न सकेका छैनौँ । विदेशमा बस्ने साथीको स्वदेशमा केही गरौँ भन्ने सोच छ । विभिन्न देशमा हामीले टिम विस्तार गर्ने तयारी थालेका छौँ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया