धनुलाई आज व्यापार व्यवसायबाट लाभ,तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज मिति २०७९ असार बुधबार, तद्नुसार १५ जुन २०२२ । असार कृष्णपक्ष असार संक्रान्ति प्रतिपदा तिथि रहेको छ । कौलव करण, मुल नक्षत्र, शुभ योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः०८ मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिको जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ ।
वृष
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला ।
मिथुन
यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ ।
कर्कट
पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ ।
सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्टि प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।
तुला
आज सुरु गरेको काम सफल हुनेछ । सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले कामको निकै प्रसंशा गर्नेछन् ।
वृश्चिक
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।
धनु
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् ।
मीन
बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । यात्राको अवसर आउनसक्छ । सोचअनुसारको काम हुनेछ । ब्यापारबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया