सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन

काठमाडौं । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।
काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन् राखिएको उनले बताइन् । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।
‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार एडी रिलिजको रहेको छ ।
एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को एडी रिलिजले गरेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया