बिहीबार, माघ ८, २०८२

कानुनमन्त्री भन्छन् – विवाहको उमेर २० वर्षबाट घटाएर १८ बनाउनेबारे प्रक्रिया थालिसक्यौं

मेरोन्यूज २०७९ असार १ गते १३:३१

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि सरकारले कानुन संशोधन प्रक्रिया थालिसकेको बताएका छन् । प्रतिनिधीसभामा बुधबार बोल्दै कानुनमन्त्री कोइरालाले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको बताएका हुन् ।

‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ, विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ, ’कानुनमन्त्रीले भने, ‘अव विवाह उमेरमा कानुनमा संशोधन गर्नुपर्छ । कानुन मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’

प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

प्रतिक्रिया