कारागारमा रहेका ‘गुण्डानाइके’ समीरमान बस्नेतलाई भेट्ने स्वयम्भुका डीएसपी मेट्रो तानिए

काठमाडौं । कारागामा रहेका गुण्डा नाईके समीरमान सिंह बस्नेतसँग भेट गरेपछि काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसी छानबिनमा तानिएका छन् ।
कारागारभित्र रहेका बस्नेतलाई भेट्न आइतबार डिएसपी केसी सुन्धारास्थित कारागार पुगेका थिए । बस्नेतलाई भेट्न कारागार गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको हो ।
छानबिन चलिरहँदा डिएसपी केसीलाई स्वयम्भूबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो)मा तानिएका हुन् । यद्यपी उनको स्थानमा स्वयम्भूमा अरू कसैलाई पठाइएको छैन ।
बस्नेत निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार हुन् ।
२०७४ असोज २३ गते साढे दुई करोड रुपैयाँ नदिएको भन्दै समीरमानकै निर्देशनमा काठमाडौंको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । २०७४ मंसिर १७ गते समीरमान पक्राउ परेका थिए । हत्या अभियोगमा उनी पुर्पक्षका लागि थुनामा छन् ।















सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया