शुक्रबार, माघ २३, २०८२

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असार २ गते १६:४५

सुनसरी । जिल्लाको गढी गाउँपालिका ३ मा आज ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सुनसरीकै बर्जु गाउँपालिका ६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरियल अस्पताल छिटहामा उपचार भइरहेको छ ।

प्रदेश १–०२–००३ त १७५२ नम्बरको ट्रयाक्टरले को ३ प २५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया