शुक्रबार, माघ २३, २०८२

बुढीगंगामा असार २३ गते पुनः मतदान गर्ने सहमति

मेरोन्यूज २०७९ असार २ गते १८:१८

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । सर्वदलीय सहमति जुटेसँगै निर्वाचन मिति तोकिएको हो ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद हुँदा मतदान रोकिएको थियो । बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति भएको हो ।

निर्वाचनमा कांग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित भएको हो निर्वाचन पुन हुनु पर्ने माग राख्दै अदालतमा मुद्दा दायर भएको थियो । उक्त नगरपालिकामा मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेस र एमालेका रहेको छ ।

प्रतिक्रिया