एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका वीच राष्ट्रिय सभामा विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन् । अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरु भने उठेर विरोध गरिरहेका थिए ।
एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए । एमालेका सांसदहरुलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।
सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो । विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूचि बनाइएको छ ।















राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया