अष्ट्रेलियामा ऊर्जा संकट : ८० लाख मानिसलाई बत्ती नबाल्न आग्रह

काठमाडौँ । अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका घर परिवारले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले मानिससँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग नगर्न अनुरोध गरेका हुन् ।
न्यु साउद वेल्समा देशकै ठूलो सहर सिड्नी पर्छ । मूल्यमा भएको वृद्धिका कारण अष्ट्रेलियाको मुख्य होलसेल बिजुली बजार ‘सस्पेन्ड’ भएका बेला उर्जा मन्त्रीको उक्त अनुरोध आएको हो ।
बोवेनले न्यु साउथ वेल्समा बस्ने मानिसलाई सकेसम्म धेरै उर्जा जोगाउन आग्रह गरे । ‘तपाईसँग छनौट छ भने साँझ ६ बजेदेखि ८ बजेसम्म बत्ति नचलाउनुहोस्’, क्यानबेरामा एउटा मिडिया सम्मेलनमा उनले भने ।
किन बढ्दै छ संकट ?
अष्ट्रेलिया कोइला र तरल प्राकृतिक ग्यासको विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, गत महिनादेखि देशले ऊर्जा संकटसँग संघर्ष गरिरहेको छ ।
अहिले देशको तीन चौथाइ विद्युत् कोइलाबाट उत्पादन भइरहेको छ । नवीकरणीय ऊर्जामा लगानी गरेर उत्सर्जन घटाउन पर्याप्त काम नगरेको सरकारमाथि लामो समयदेखि आरोप लाग्दै आएको छ ।
हालैका हप्तामा अष्ट्रेलियाले कोइला आपूर्तिमा अवरोध हुँद कोइलाबाट चल्ने धेरै पावर प्लान्ट प्रभावित भएका छन् ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया