अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमै गएनन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमै अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन समितिले प्रधानमन्त्रीलाई आइतबार संसदको समिति बैठकमा बोलाउने निर्णय गरेकाके थियो ।
निर्णयका आधारमा समितिले प्रधानमन्त्री कार्यालयलाई पत्र पनि पठाएको थियो । प्रधानमन्त्रीले भने आफुलाई यस वारेमा जानकारी नै नभएको भन्दै बैठकमा अनुपस्थित भएका हुन् ।
प्रधानमन्त्री धनगढीमा छन् ।
यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए ।
समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी समितिको बैठकमा गराएकी थिइन् । प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् ।
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया