ब्रेकअपपछि पूर्वप्रेमिकासँग खर्च भएको सवा ६ करोड क्षतिपूर्ति माग

काठमाडौँ । सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि चर्चामा आएका छन् । सांघाईका एक व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को बहस सुरु गरेको छ ।
धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौँदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् ।
ती पुरुषले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनु पर्ने उनले बताएका छन् । यस्ता धेरै उदाहरण भएको उनको दाबी छ ।
डेटिङ गर्दा समग्रमा उनले कूल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार युआन क्षतिपूर्ति माग गरेको समाचारमा जनाइएको छ ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया