बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

सुर्खेत । बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।
एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए । ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै रहेका छौँ र आगामी दिनमा पनि विशेष रुपमा काम गछौँ’ उनले भने ।
ज्ञापनपत्रमा उल्लेख बुँदादाहरु
बलश्रम अन्त्यका लागि कर्णाली प्रदेश स्तरीय बालश्रम निवारण नीति तथा कार्ययोजनाको निर्माण र कार्यान्वयन गरियोस्, ।
कर्णाली प्रदेश बाल अधिकार समिति गठन गरी सो अन्र्तगत बालश्रम निवारण कार्यदल वा उपसमिति गठन गर्ने र बालबालिका हेर्ने सामाजिक विकास मन्त्रालय अन्र्तगत बालसंरक्षण तथा बालश्रम निवारण शाखा स्थापना गरी संचालन गरियोस् ।
प्रदेशभित्र संचालनमा रहेका उद्योग व्यवसायहरुका कार्यस्थल र आपुर्ति चक्रमा बालश्रम प्रयोग नगर्न नितीगत कानूनी व्यवस्था गर्ने ।
बालश्रमको जोखिममा रहेका तथा बालश्रममा रहेका बालबालिकाको परिवारलाई लक्षित गरी विशेष सामाजिक सुरक्षा तथा संरक्षणका योजना लागू गरियोस् ।
आगामी आर्थिक वर्ष २०७९ ८० को बजेटमा बालश्रम अनत्यका लागि प्रदेश सरकारको तर्फबाट विज्ञप्तिमा उल्लेख गरिएका कार्यक्र संचालन गर्न व्यवस्था गर्न विज्ञप्तिमा भनिएको छ ।
















महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया