आर्थिक अभावका कारण उपचार गर्न नपाएका राष्ट्रिय खेलाडीको उपचार कसले गर्ने ?

काठमाडौं । राष्ट्रिय खेलाडीलाई सरकारले धेरै नै सुविधाहरु उपलब्ध गराउँदै आएको छ । तर केही यस्ता खेलाडीहरु पनि छन् जसले सरकारी सुविधा त परको कुरो, आर्थिक अभावका कारण उपचार गर्न नपाउने समेत छन् । त्यस्ता खेलाडीको एउटा ज्वलन्त उदाहरण हो खडक साउद । उनि कलेजो रोग जस्तो गम्भिर रोगसँग ग्रस्त भएका छन् ।
विगत ७ वर्षदेखि कलेजोको रोगसँग जुधिरहेका साउद यतिबेला आर्थिक अभावका कारण उपचार गर्न नपाएर रहातको आशा गरीरहेका छन् । सरकार पक्षले केही गर्लान् की भनेर उपचारमा ढिलाई भईसकेको भएता पनि उनलाई सहयोग भने कसैले गरेका छैनन् ।

सुदुरपश्चिमबाट राष्ट्रिय खेलमा सहभागी भएका साउदले आफ्नो ठाँउको लागि धेरै नै जित दिलाएका छन् तर उनको उपचारको लागि कुनै पनि पक्षले हालसम्म पनि केही गरेका छैनन् । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नंबर घर भएका साउदको कलेजो प्रत्यारोपण गनुपर्ने भएको कारणले उनलाई आर्थिक भार परेको हो ।
‘कलेजो बिग्रिएको रहेछ, अब चिकित्सले कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेका छन् ।’ साउदले भने,‘प्रत्यारोपण गर्नको लागि ३० देखि ४० लाख लाग्ने रहेछ तर त्यती धेरै रकम मसँग छैन ।’ उनि आर्थिक सहयोग बटुल्न अझ भनौ केही राहत पाउने अठोटले विभिन्न सरकारी अड्डा धाएका छन् तर उनलाई हालसम्म पनि कसैले राहत उपलब्ध गराउन सकेको छैन ।

सुदुरपश्चिम प्रदेशको तात्कालिन फुटबलको क्याप्टेनको भुमिका समेत निर्वाहा गरेका उनि हाल आर्थिक अभावकै कारणले उपचारको लागि ढिलाई गरेर बसेका छन् । ‘सुदुरपश्चिम प्रदेशको क्याप्टेनको भुमिकामा रहेर पनि काम गरे ।’ उनले भने,‘देशका लागि धेरै समय खेर फले तर आफुलाई पर्दा देशले मतलव पनि गरेको छैन । ’ उनले आफुलाई आर्थिक सहयोग गर्न समेत अपिल गरेका छन् ।
उनकै श्रीमती सुनिता चापाई साउदको ग्लोबलब आइएमी बंक नेपालगञ्ज शाखामा रहेको खाता नंबर ६२०७०१०००२३८६ मार्फत उनलाई सहयोग गर्न सकिन्छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया