भारतीय कंग्रेस नेता राहुल गान्धीमाथि चौथोपटक सोधपुछ हुँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस नेता राहुल गान्धी आज चौथोपटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने तय भएको छ ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो । राहुललाई गत साता तीनपटक सोधपुछ गरिएको थियो ।
राहुललाई चौथोपटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानु पर्ने भएपछि उनको अनुरोधमा आज सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो ।
राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।
यसैबीच, आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया