दयाहाङ र सौगातको ‘२ नम्बरी’ फस्टलुक
मेरोन्यूज
२०७९ असार ६ गते १५:३५

काठमाडौं । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ ।
फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा मिठु तामाङ्नी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म ४ कात्तिकबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया