इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या
आदिस आबाबा । इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।
‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ु गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ । शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।
शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए ।
‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं । हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ । ’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ ।
















काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया