रुस -चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता
मेरोन्यूज
२०७९ असार ७ गते १०:४१

किभ । युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ ।
मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो । पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेको छैन् ।
यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए ।
यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए ।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
सम्बन्धित
















‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया