अपहरणमा परेको नाटक गरेर परिवारसँग फिरौती माग गर्ने ३१ वर्षीय युवक पक्राउ

काठमाडौं । अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ(३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।
विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया