आजदेखि उडान बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, नियमित उडान हुने

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । गृह मन्त्रालयको समन्वयमा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालनबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो । ‘आजबाट अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं,’ यती एअरलाइन्सले गएराति नै फेसबुकमा लेखेको छ ।
यता,बुद्ध एअरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ ।
संघले पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको थियो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको थियो । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया