पुष्प खड्का भन्छन्-दयाहाङ दाइले जिम गर्नुपर्छ

काठमाडौं । अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन् ।
‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भने ।
पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाए । ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु, उहाँले जिम गर्नुपर्छ’ उनले भने ।
अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए । उनले अहिले फिटनेस सेन्टरमा तीन सय जना नियमित रूपमा जिम गर्न आउने गरेको बताए ।
कुमारले देशभर नै एस आई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै महाराजगञ्जमा शाखा खोल्न लागेकोसमेत बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया