अफगानिस्तानको पाक्तिका प्रान्तमा भूकम्प, २८० जना बढीको मृत्यु
मेरोन्यूज
२०७९ असार ८ गते १५:०६

काबुल । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । पछिल्लो एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया