रियाविरुद्ध अदालतमा मुद्धा दर्ता
मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।
स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन् । उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताए ।
अदालतले डिस्चार्ज एप्लिकेसनमाथि फैसला नहुञ्जेलसम्म आरोप तय गर्न नसकिने जनाएको छ । बुधबार भएको अदालती कारवाही प्रक्रियामा रिया र शौविक उपस्थित थिए । विशेष न्यायाधीश वीजी रघुवंशीले यो मामलाको सुनुवाई १२ जुलाईमा गर्नेछन् ।
सुशान्तको मृत्युको मामलामा लागुऔषध मुद्धाअगाडि आएपछि रियालाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । करिब १ महिनाको जेल बसाईंपछि मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।
सुशान्तले सन् २०२० को जुन १४ मा आफ्नो मुम्बईको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । यो विषयको अनुसन्धान उच्च अदालतको आदेशमा सीबीआईले पनि गरेको छ तर निस्कर्षमा पुग्न सकेको छैन ।
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया