देशभर थपिए ४९ कोरोना संक्रमित
मेरोन्यूज
२०७९ असार ९ गते १८:३६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार ४९४ वटा जनाको नमुनाको परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २३४ नमुनाको पीसीआर परीक्षण गर्दा ३३ र एक हजार २६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३४२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ रहेको छ ।
सम्बन्धित
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया