पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्णखोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो ।
गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार १५ गते पातारासीलाई पूर्ण खोप घोषणा गर्ने भएको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
उनका अनुसार पातारासी गाउँपालिकाले पूर्ण तयारी भइसकेको पत्र पठाएको र त्यसको थप अनुगमन गरेपछि घोषणा गर्न उपयुक्त भएको छ । जिल्ला समन्वय समितिमा बसेको समितिको बैठकले महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट समितिमा स्वयंसेविका हजमा विकलाई मनोनयनसमेत गरेको छ ।
त्यस्तै बैठकमा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले गाउँपालिकाको तयारी अनुसार पत्र प्राप्त भई स्वास्थ्य कार्यालयको अनुगमन भएकाले घोषणाको तयारी गरिएकोले यसमा सबै लागेर सफल पार्नु पर्ने बताए ।
कार्यालय प्रमुख सापकोटाले जिल्लाका अन्य सबैपालिका पूर्णखोप घोषणा भइसकेका र पातारासी अन्तिम पालिका रहेको बताए । चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बुढ्थापाले पूर्णखोप घोषणा भएकामा पनि कोही छुटेका छन् कि भनेर खोजी भइरहेको जानकारी दिए ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया