पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागु हुने
मेरोन्यूज
२०७९ असार ११ गते १२:५४
काठमाडौँ । सरकारले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार दिउँसो अयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने बताएका हुन् ।
योसँगै अब पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट २९ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उनको भनाइ छ । शनिबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
सम्बन्धित















Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया