गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !

काठमाडौँ, २५ फागुनः गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोलीले आज जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेको छ ।
सो क्रममा गृहमन्त्री अर्यालले पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरुसँग कुराकानी गरेका थिए । थुनुवाहरुले आफूहरुले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन ।
मन्त्री अर्यालका साथमा गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेललगायतको सहभागिता थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले परिसर हातामा वृक्षरोपणसमेत गरे । अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था, तथा आगामी योजना साथै निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराए ।
नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकाले सरकार प्रहरी र नागरिकबीच सहकार्य बलियो भएको बताउनुभयो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया