बिहीबार, फागुन २८, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्सका दुई जना बीमा अभिकर्ता अमेरिका प्रस्थान

मेरोन्यूज २०७९ असार १२ गते २०:४३

काठमाडौँ । मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्तामध्ये २ जना अभिकर्ता रिलायन्स लाइफका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ । कार्यक्रममा लिडरद्वयलाई राष्ट्रिय झण्डासमेत हस्तान्तरण गरिएको थियो ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताको माझ उपस्थिति जनाउन गएको गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमा क्षेत्रको विकासमा योगदान दिन लिडरद्वयलाई अनुरोध गरे । बिमाकर्मी न्यौपानेले आफू सदैव बिमा क्षेत्रको विकासमा लागिरहने बताउँदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गर्न‘ भएकोमा कम्पनीप्रति धन्यवाद जनाए ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता न्यौपाने यसअघि तीनपटक एमडीआरटी तथा सीओटीको रुपमा सो कार्यक्रममा छनौट भइसकेकी थिइन् । अर्का अभिकर्ता कमल दाहाल दोश्रोपटक सो कार्यक्रममा छनौट भएका हुन् ।

प्रतिक्रिया