जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने
मेरोन्यूज
२०७९ असार १३ गते ८:३५

न्युयोर्क । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन् ।
पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए । उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया