बोरामा शव, टाउकोमा चोट
मेरोन्यूज
२०७९ असार १३ गते १०:३४

झापा । झापाको अर्जुनधारा ४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए । उनको पहिचान हुन सकेको छैन ।
मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो ।
स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो ।
उनको दुवै कुममा आरएन लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया